-कबिराज घिमिरे/ईमेज
धनकुटा । उत्पादन बढाउन र रोग किरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा बिषादी प्रयोग बर्षेनी बढ्दो छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बिषदी निरुत्साहित गर्न पटक पटक आवाज उठ्ने गरे पनि बिषादीको प्रयोग घट्न सकेको छैन ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बिषादी प्रयोग चुनौतीपुर्ण बन्दै गएको अबस्थामा धनकुटाका शहिदभुमी गाँउपालिका वडा नम्बर ३ का कृषक एम कुमार राई भने अर्गानिक खेती तर्फ लागेका छन् ।
उनले करिब २५ रोपनी बारीमा लगाएको कृषिजन्य उत्पादनमा नत बिषादी प्रयोग गर्छन् नत रासायनिक मल नै प्रयोग गर्छन् ।
करिब तिन बर्ष अघिवाट उनले अर्गानिक खेती सुरु गरेका हुन् । आफ्नो बारीमा उनले तरकारी बाली अन्तरर्गत काउली, बन्दा, भिण्डी, काँक्रा, आलु, टमाटर लगाउने गरेका छन् ।
त्यस्तै फलफुल अन्तरगत कागती, सुन्तला, अनार, अम्वा, एभोकाडो आदि लगाएका छन् । तर ति बालीमा उनि कुनै पनि बिषादी प्रयोग गदैनन् ।
अन्य स्थानमा बिषादीले गरेको असर देखेपछि तथा भारतले गरेको नाकाबन्दीको बेला रासायनिक मल र बिषादीको अभाब हुँदा बिकल्प स्वरुप अर्गानीक खेती सुरु गरेको राई बताउँछन् ।
शहीद भुमी गाँउपालिकाका करिब ९० प्रतिशत परिवार कृषि पेसामा आबद्ध छन् । उनी सो गाँउपालीकाका एक्ला अर्गानीक कृषक हुन् ।
अन्य कृषक बिषादी र रासयनीक मल खोज्न बजार धाइरहँदा राई भने आफैं मल र बिषादी बनाउन ब्यस्त हुन्छन् ।
गाई बस्तुको मलसंगै बनमारा, असुरो, भोगटे आदिलाइ कुहाएर कम्पोष्ट मल बनाउने गरेका छन् ।
त्यस्तै असुरो, खुर्सानी, चिलाउनेको बाक्रो, प्याज लसुन सुर्ति आदिवाट औषधी निर्माण गर्ने गरेका छन् ।
त्यस्तै ट्रयाप बिधि लिसोमा तथा बत्ति र पानीमा किरा फसाउने गरेका छन् । उत्पादन अर्गानीक वाट केही कम हुने भए पनि माग र मुल्य भने बढी हुने गरेको राई बताउँछन् ।
कृषिजन्य उत्पादन बढाउन, रोग किराको नियन्त्रण, समय अगबै उपयोग योग्य वनाउन तथा धेरै सयम टिकाउन धनकुटामा बिषादीको प्रयोग बर्षेनी बढ्दै गएको छ ।
आर्थिक बर्ष ०६८/६९ मा १०.१ मेट्रिकटन मात्र प्रयोग हुने गरेको बिषादी हाल करिब २० मेट्रीकटन पुगेको छ ।
धनकुटामा ६० प्रतिशत भन्दा बढि बिषादी तरकारी बालिमा मात्र प्रयोग हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्