Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


अखाद्य वस्तु भेटिएको भन्दै बानेश्वरको संगम स्वीट्समा सिल


0
Shares

काठमाडौं, असोज १६ । दसैं नजिकिएसँगै बजारमा सरकारको मौसमी अनुगमन सुरु भएको छ ।

सरकारी निकायहरुले चाडपर्वका बेला अनुगमनलाई केही तीव्रता दिने गरेका छन् ।

खाद्यान्न उत्पादनस्थल, बिक्रीस्थलमा गइ सरकारी टोलीहरुले बजारका विशेषगरी खाद्यवस्तु तथा सेवाहरुको अनुगमन गरी कारबाही गर्ने गरेका छन् ।

पछिल्लो समय घ्यू र तेलमा अम्लियपनको मात्रा, वस्तुको म्याद, उत्पादनस्थलको अवस्था, प्रक्रियालगायतको बढी परीक्षण गर्ने गरिएको छ ।

मंगलबार नयाँबानेश्वरस्थित संगम मिठाइको उत्पादन केन्द्र र पसलमा अनुगमनकाक्रममा प्रशस्त कैफियत भेटिएसँगै सिलबन्दी गरिएको छ ।

सो स्थानमा म्याद गुज्रिएको कोकोनट पाउडर र ‘हाइड्रो वान’ नामक स्वास्थ्यलाई असर पुर्‍याउने रसायनसमेत भेटिएको थियो ।

त्यस्तै, अनुगमनकाक्रममा उत्पादन केन्द्रमा तेल र घ्यूमा अम्लियपन बढी भएको भेटिएको थियो भने उत्पादन केन्द्रसमेत फोहोर भेटिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकारकर्मीलगायतको टोलीले गरेको अनुगमनमा कैफियत भेटिएसँगै सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य विकास अधिकृत ईश्वर सुवेदीले बताए ।