Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुकाबारेमा जानकारी लिने


0
Shares

काठमाडौं, असोज १६ । राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुकाबारेमा जानकारी लिने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले मेलम्ची खानेपानी वितरणमा भइरहेको समस्या र समाधानका उपायबारे सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय गरेको हो ।

यसैगरी, प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे हालसम्म भएको प्रगतिका विषयमा पनि समितिले सम्बन्धित पक्षसँग जानकारी लिने निर्णय गरेको छ ।

यस्तै, राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाको कार्यप्रगतिको विषयमा पनि समितिले सबै आयोजनाका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनका कामहरु समयमै सम्पन्न गर्न कामको बाँडफाँट गर्नुपर्ने सुझाव दिएका थिए ।