Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


फिदिममा निःशुल्क आँखा शिविर, २ सय ३ जनाको मोतियाबिन्दुको शल्यक्रिया


0
Shares

जितेन्द्र भण्डारी, पाँचथर। पाँचथरको फिदिममा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १ हजार ४ सय २२ जना लाभान्वित भएका छन् ।

फिदिम नगरपालिकाको आयोजनामा गत मंसिर ६ गतेदेखि सञ्चालित शिविर शुक्रबार सम्पन्न भएको हो । शिविरमा सहभागीमध्ये २ सय ३ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ भने ५ सय ५८ जनालाई आवश्यक चस्मा वितरण गरिएको छ ।

शिविरमार्फत स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण, परामर्श, उपचार तथा मोतियाबिन्दुको शल्यक्रियासमेत गराउने अवसर पाएका छन् ।

शिविर समापन कार्यक्रममा नगर प्रमुख मित्रप्रसाद काफ्लेले आर्थिक अभाव र भौगोलिक विकटताका कारण कसैले पनि आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

त्यस्तै, उपप्रमुख राधाकृष्ण न्यौपानेले शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक तथा विपन्न समुदायका बासिन्दालाई ठूलो राहत मिलेको बताउनुभयो ।