Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


इलाममा अन्नबाली लाग्ने जमिनमा अकबरेको व्यवसायिक खेती


0
Shares

इलाम । इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै गएको छ ।

परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले पछिल्लो समयमा धान, मकै, कोदोलगायतका अन्नबाली लाग्ने जमिनमा पनि अकबरेको व्यावसायिक खेती गर्न थालेका हुन् ।

अन्नबाली भन्दा कम मेहनत र लागतले अकबरे खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

अकबरे लगाउन ठाउँ धेरै नचाहिने र आम्दानी पनि राम्रो हुने किसानहरु बताउँछन ।

इलाममा अदुवा, अलैची, ओलनलगायतको पनि व्यावसायिक खेती हुने गरेको छ । 

लक्ष्मीपुर, जर्सीङगाँउ आइतबारे, गोदक, नामसालिङलगायतका गाउँमा किसानले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् ।