काठमाडौं, असोज १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलमार्ग नेपालको विकासका लागि कोसेढुंगा हुनसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा एसियाली कूटनीति तथा अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको जलमार्गको सम्भावनासम्बन्धी एक कार्यक्रममा मन्त्री पुनले यसको सम्भावना पनि भएको बताए ।
नेपालका कोसी, कर्णाली र नारायणी नदीमा पानीको बहाव उच्च रहेकाले जलमार्गको विकास गर्नसकिने र जलमार्गको माध्यमबाट खर्चसमेत न्यून हुने भएकाले नेपालका लागि उपयुक्त भएको उनको भनाइ छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपालका सम्भावित क्षेत्रमा आफूहरु पनि लगानी गर्न तयार रहेको र प्राथमिकताका साथ लगानी गर्ने बताए ।
दुवै देशले आपसी सहमति गरेमा विकासको कार्यलाई तीव्रता दिन सकिने भएकाले आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा विज्ञहरुले नेपालमा जलमार्गका सम्भावनाबारे चर्चा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्