झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडमा भएको भीषण आगलागीबाट दुई व्यावसायिक प्रतिष्ठान र एउटा घर जलेर नष्ट भएका छन् ।
बुधबार बिहान करिब १० बजेर ४० मिनेटमा राजेश मण्डलको दुईतले घरमा आगलागी हुँदा शुभलाभ इलेक्ट्रोनिक्स र निरिका फर्माको पसल तथा गोदाममा रहेका सामान जलेर नष्ट भएका हुन्।
आगलागीबाट इलेक्ट्रोनिक्समा तीन करोड, फार्मेसीमा एक करोड र घरमा दुई करोड गरी करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
आगो नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको प्रयासमा करिब पाँच घण्टापछि दिउँसो ३ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्