Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


भिरबाट लडेर एक महिलाको मृत्यु


325
Shares

काठमाडाैं ।

गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

गुल्मीको रेसुंगा नगरपालिका ३ भाडगाउँस्थित सेतीखोला डुङडुङ्गे भिरबाट लडेर एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे उनी डुङडुङ्गे भिरमा लडेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This