Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल


221
Shares

काठमाडौं ।

मेष: समय अनुकूल नभएकाले पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, हानि हुन सक्छ ।

वृष: बिहान लाभ, सफलता मिल्ला । त्यसपछि अपच, दौडधूप हुने सम्भावना देखिन्छ ।

मिथुन: बिहानको समयमा धन नाश, मन अस्थिर होला तर त्यसपछि मान, उन्नति हुनेछ ।

कर्कट: बिहान उपहार प्राप्ति, कार्य सफल होला तर १० बजेतिरदेखि खर्च, तनाव हुन सक्छ ।

सिंह: बिहान स्वास्थ्य बाधा भए पनि त्यसपछि भने कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

कन्या: बिहान मिष्ठान्न भोजन होला तर दिनभरि भने अस्वस्थता, तनाव हुने सम्भावना छ ।

तुला: दिन शुभ छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति, कतैबाट सहयोग मिल्ला ।

वृश्चिक: शुरुमा राज्यबाट भय तर दिनभर कार्य सिद्धि, सुख, लाभ हुने सम्भावना देखिन्छ ।

धनु: समय अनुकूल छैन । रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश होला ।

मकर: बिहान लाभ, मान–सम्मान भए पनि त्यसपछिको समय अस्वस्थता नहोला भन्न सकिन्न ।

कुम्भ: तपाईंका लागि समय शुभ छ । आर्थिक लाभ, शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।

मीन: बिहान सन्ताप, कष्ट भए पनि त्यसपछि भने द्रव्य लाभ, शत्रु विजय हुने देखिन्छ ।

Skip This