Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


अर्घाखाँचीमा दसैंको टीका लगाउन हिडेका बाबुछोराको मोटरसाइकल दुर्घटनामा मृत्यु


0
Shares

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२, अन्तर्गत ढाकावाङ–सन्धिखर्क सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

आज लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा भूमिकास्थान नगरपालिका–८, लम्ची स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो।

भुमिकास्थान २मा रहेको अम्लाचौरमा दशैंमा ससुराली पुगेर टीका लगाउने, आफन्तसँग रमाउने र आशीर्वाद थाप्ने सपना बोकेर हिजो बुधबार दिउँसो ३बजे घरबाट निस्किएका बाबुछोरा सम्पर्क विहिन भएपछि खोजी गर्दा आज सव फेला परेको हो।घटना बारे थप अनुसन्धान हुन बाकी रहेको प्रहरीले जनाएको छ।

Skip This