Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


दसैंमा माइती जाने चेलीहरूलाई निशुल्क बाइक सेवा सुरु


0
Shares

सविना अछामे, खोटाङ । जिल्लामा ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियान सुरु गरिएको छ ।

अभावमा गुज्रिरहेका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म निशुल्क रूपमा बाइक सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गलबारदेखि उक्त अभियान सुरु गरिएको हो ।

अभियानको पहिलो दिन करिब ५० जना बढीले सेवा पाएको अभियानका सचिवालय प्रमुख निराजन ढकालले बताए । निःशुल्क सेवा पाएपछि सेवाग्राहीले खुशी व्यक्त गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट माइती भोजपुरसम्म निःशुल्क रूपमा सेवा पाएपछि रनमायाँ तामाङले खुसी व्यक्त गरिन् । त्यस्तै निःशुल्क रूपमा माइतीसम्म पुग्न पाएपछि आफूलाई खुसी लागेको रावाबेसी गाउँपालिका–२ खार्पा रुभुङकी रेस्मा राईले सुनाइन् ।

चेलीहरूलाई सेवा दिन पाउदा खुसी लागेको राइडर भविन्द्र राईले बताए । चेलीहरूलाई सेवा दिनका लागि स्वतःस्फुर्त रूपमा ३५ जना राइडरहरू खटिएको छन् । दसैको अवसरमा कात्तिक ६ गतेसम्म अभियान सञ्चालन गरिने अभियानका संयोजक सञ्जयकुमार राईले बताए ।

तिहारको अवसरमा पनि कात्तिक २४, २५ र २६ गते अभियान सञ्चालन गरिने राईले सुनाएका छन् । यो अभियान विगत दुई वर्षदेखि सञ्चालन गरिदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीहरूले घर–माइती, माइती–घरसम्मको सेवा दिइएको राईले सुनाएका छन् ।

Skip This