Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


सुमो दुर्घटना : सुनकोशी नदीमा बेपत्ताहरूको खाेजी गर्न गोताखोर टोली आज पनि परिचालन


130
Shares

सविना अछामे, खोटाङ । सुमो दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ताहरूको गोताखोर टोलीले कात्तिक २ गते विहान ९ बजेदेखि खोजी सुरु गरेको छ ।

काठमाडौंबाट खोटाङ आउदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट कात्तिक १ गते विहान २ः३० बजे सुनकोशीमा खस्दा बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० हरि पुर्कोटी, २६ रोसन मुग्राती र २२ वर्षीया अप्सरा राईको खोजी जारी राखेको हो ।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेल र सशस्त्र प्रहरी विपत बेस खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र गुरुङको नेतृत्वमा खटिएको गोताखोर टोलीले कात्तिक १ गते साँझ ७ बजेसम्म फेला नपरेपछि खोजी थाँती थियो । उक्त घटनामा लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १९ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको छ ।

राति २ः३० बजे नागथानस्थित मध्यपहाडीबाट करिब एक सय ५० मिटर तल खसेको थियो । गाडीमा सवार १० मध्ये ३ जनाको मृत्य, ३ जना बेपत्ता र ४ जना घाइते भएका छन् । दुर्घटनामा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा सहित ४ जना घाइते भएका हुन् ।

उनीहरूमध्ये विश्वकर्मा सहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, उनकी छोरी १२ वर्षीया शिवानी राई र मृतक स्वस्तिकाका भाइ १३ वर्षीय अंकित विश्वकर्मा घाइते भएका छन् । यसमध्ये चालक आशिष विश्वकर्माको अन्नपूर्ण अस्पताल काठमाडौंमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सुधार हुँदै गएको छ । सम्झना राई र सिवानी राईको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

उनीहरूमध्ये सम्झनाको आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सिवानीको जनरल वार्डमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । अंकित विश्वकर्माको भने उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले सुनाए ।

चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिडेको प्रहरीले जनाएको छ । अनिदोका कारण दुर्घटना हुने गरेकाले यस्तो अवस्थामा गाडी चलाउन प्रहरीले रोक लगाएको छ ।

Skip This