Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सुमो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, गम्भीर घाइते हेलिकप्टरबाट काठमाडौं लगियो


1.7k
Shares


बुद्ध नेपाली, सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका –६, नागथान स्थित सुनकोशी नदीमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जना मध्ये एक जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका –५ का युपना राईको मृत्यु भएको हो । दुर्घटनामा उनीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अरु दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो आईतवार विहान सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा चार जना घाईते भएका छन् भने अरु तीन जना सुनकोशी नदीमा बेपत्ता रहेका छन् ।

गम्भिर घाईते दिक्तेल मझुवागढी नगरपालिका –३ का सम्झना राईलाई उपचारका लागि हेलिक्टरबाट काठमाडौँ पठाईएको डिएसपी श्रेष्ठको भनाई छ ।

सुनकोशी नदीमा बेपत्ता तीन जनाको खुर्कोटमा रहेको सशस्त्र प्रहरीको खोताखोर टोली परिचालन गरेर खोजी कार्य सुरु भइसकेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

Skip This