Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


गृहमन्त्री गुरुङ बिम्स्टेक बैठकका लागि भारत प्रस्थान


91
Shares

काठमाडौं । बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ सोमबार भारत प्रस्थान गर्नुभएको छ।

भारतको नयाँ दिल्लीमा असोज २७ गते आयोजना हुने बैठकमा बिम्स्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी हुने कार्यक्रम छ । नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका प्रतिनिधिहरूको सहभागिता रहने बैठकमा क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

बैठकमा विशेषगरी आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणका विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।