Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न


52
Shares

काठमाडौं । कैलाशकुट सामाजिक अभियानको आयोजनामा ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्ण आरोग्यका लागि व्यक्तिमा आत्मजागरण अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो । शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यलाई सन्तुलित राख्न आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो ।

‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयमा केन्द्रित कार्यक्रममा स्वस्थ जीवनशैली अपनाउने, स्वास्थ्यप्रति जिम्मेवार बन्ने र आरोग्यताका लागि व्यक्तिगत जागरणलाई प्राथमिकता दिने विषयमा जोड दिइएको थियो ।

कैलाशकुट सामाजिक अभियानले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमले स्वास्थ्यसम्बन्धी सकारात्मक सोच विकास गर्नुका साथै नागरिकलाई आफ्नो स्वास्थ्य र जीवनशैलीप्रति सचेत तथा जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमले पूर्ण आरोग्यका लागि स्वजागरणको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्‍याएको आयोजकले विश्वास व्यक्त गरेको छ ।