काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलिसम्मका लागि सरेको छ ।
आज बिहान १० बजेका लागि तय गरिएको मतदान पटक पटक सार्दा पनि सम्भव नभएपछि मतदान भोलिका लागि सारिएको हो । महाधिवेशन निर्वाचन समितिले भोलि विहान ७ बजेदेखि मतदान हुने सूचना जारी गरेको छ ।
निर्वाचन समितिले निर्वाचन सामग्रीको छपाईमा समय लागेकाले आज मतदान हुन नसकेको तर्क गरेको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले पत्रकार सम्मेलन गर्दै मतदान प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक र व्यवस्थापकीय जटिलता भएको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्