Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार


91
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको एकदिवसीय वरीयतामा सुधार गरेको छ। बिहीबार सार्वजनिक नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा पुगेको हो ।

यसअघि १७औँ स्थानमा रहेको नेपालले एक स्थान फड्को मारेको छ। नेपालको खातामा ९३९ अंकसहित २८ रेटिङ रहेको छ।

वरीयताको शीर्ष स्थानमा भारत यथावत् छ। दोस्रोमा न्युजिल्यान्ड रहँदा दक्षिण अफ्रिका तेस्रो तथा अस्ट्रेलिया चौथो स्थानमा छन्। पाकिस्तान पाँचौँ, इंग्ल्यान्ड छैटौँ, श्रीलंका सातौँ, अफगानिस्तान आठौँ, बंगलादेश नवौँ र वेस्ट इन्डिज १०औँ स्थानमा रहेका छन्।