Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कांग्रेसको १५ औँ महाधिवेशनमा देउवा सहभागी नहुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन देउवालाई निमन्त्रणा गरेको थियो। तर, देउवाले उक्त निमन्त्रणा अस्वीकार गरेको बताइएको छ ।

गगन थापा नेतृत्वको संस्थापन पक्षले आजदेखि काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशन सुरु गर्दैछ। उता देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।

देउवा पक्षको महाधिवेशनका लागि वडा अधिवेशन सुरु भइसकेको बताइएको छ। संस्थापन पक्षको महाधिवेशन भने आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।