Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


सुनचाँदीको मूल्य फेरि घट्याे


455
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार तोलामा ३ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला ४ हजार ७ सय १५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बिहीबार भने तोलामा ४ हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबाको तुलनामा बिहीबार प्रतितोला ६५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार २ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।