काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा केही बेर अघि गोली चलेको छ ।
गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयाे ।
उहाँका अनुसार घाइतेको तिघ्रामा चोट लागेको खबर आएको छ । गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्