काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला ९ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा एक हजार सात सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला ३ लाख एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार तोलामा ४ हजार ६ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्