काठमाडौं । ट्राफिक प्रहरीले गत २४ घण्टामा ९ सय २३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा बुधबार बिहानसम्म मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ६६ र रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरेकाे हाे।
त्यसैगरी, ट्राफिक प्रहरीले तीव्रगतिमा १ सय ३४, हर्न निषेधमा २५, लेन क्रसमा ३३, अवस्था ठिक नभएको २७, एकतर्फीमा २ र अन्यमा ४ सय ९३ जना चालकलाई कारबाही गरिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्