Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


शेयर बजारमा हरियाली, सवा आठ अर्ब माथिकाे काराेबार


13
Shares

काठमाडौं ।

सरकारले अर्थ मन्त्रालयमार्फत ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ सार्वजनिक गरेपछि सेयर बजारमा उत्साह देखिएको छ ।

आज नेप्से परिसूचक ४८ अंकले बढेर २ हजार ६ सय ३३ विन्दुमा पुगेको छ । परिसुचक बढेसँगै कारोबार रकम पनि बढेर सवा आठ अर्ब माथि पुगेको छ । आजको वृद्धि कुनै एक–दुई समूहमा मात्र सीमित नरही बजारका अधिकांश क्षेत्रमा फैलिएको छ ।

कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाउदा निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी २ दशमलव ८२ प्रतिशतले बढेको छ । वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

यसदिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकरात्मक सर्किट लेवलमा कारोवार हुदा सिन्धु विकास बैंकको सेयर मूल्य ११ प्रतिशतले बढेका छन ।

मल्टीपर्पस फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा आज २ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । आज ३ सय ४७ कम्पनीको २ करोड ३ लाख बढी कित्ता शेयर ८ अर्ब २९ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।

Skip This