Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्याे


507
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला ४ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा १ हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख २ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला ३ लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी आइतबार तोलामा ४ हजार ६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।