काठमाडौं । शिक्षा मन्त्रालयले नेपाल-चीन सीमा क्षेत्रमा गत बुधबारआएको बाढी र पहिरोका कारण अति प्रभावित ३ जिल्लामा करिब १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका जनाएको छ।
बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मले विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक रूपमा क्षति पुगेको जनाएका हुन् । बाढी-पहिरोमा परी २ सय जना भन्दा बढी विद्यार्थी बेपत्ता छन् । करिब २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयका शिक्षक समेत सम्पर्कविहीन छन् ।
करिब ९ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका हुन् । सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कूल २ हजार ४ सय २५ जना विद्यार्थी अध्ययनरत थिए । जसमध्ये अधिकांश विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् ।
एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको हाे ।









प्रतिक्रिया दिनुहोस्