Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसुवाको बाढीपछि कञ्चनपुरका ३६ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त पछिल्लो जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ३६ जना सम्पर्कविहीन रहेका छन् भने एक जना सम्पर्कमा आएका छन्।

अहिले ३५ जना अझै सम्पर्कविहीन छन्। उनीहरू विभिन्न जलविद्युत आयोजना, सुरक्षा निकाय तथा अन्य क्षेत्रमा कार्यरत रहेको विवरण आएको छ।

सम्पर्कविहीन भएपछि परिवारहरू आफन्तको अवस्थाबारे चिन्तित छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल खोजी गरेर आफ्ना आफन्तको अवस्थाबारे जानकारी गराइदिन आग्रह गरिरहेका छन्।

परिवारहरूको मुख्य माग आफ्ना आफन्तको अवस्था तत्काल यकिन गर्न र खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने रहेको छ।