काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। अदालतले प्रसाईंविरुद्ध म्याद थप नगरी छाड्ने आदेश दिएको हो।
साइबर अपराधसहित राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीले ७ दिनको म्याद मागेको थियो। तर अदालतले म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका छन्। प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्