Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सुनसरीकाे घटनालाई लिएर पाेखरामा विराेध प्रदर्शन


702
Shares

विजय नेपाली, पाेखरा । सुनसरी देवानगन्जमा भएको हिन्दु मुस्लिमबिचको विवादलाई लिएर पोखरामा विश्व हिन्दु परिषद् नेपाल कास्कीले विरोध प्रदर्शन गरेकाे छ ।

विश्व हिन्दु परिषद् नेपाल कास्कीले सुनसरीमा प्रहरीको गोली लागेर मृत्यु भएपछि गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसहित पोखरामा विराेध प्रदर्शन गरिएको हो ।

उनीहरुले आफुहरु मुस्लिमको विरोध नगरी रोहिंग्या मुस्लिम र जिहाद मुस्लिमको विरोध गरेका हुन् । सुनसरीकै जस्तै नेपालका अन्य ठाउँमा समेत त्यस्ता घटना हुन सक्ने र भोलि हिन्दु जागे मुस्लिमको अवस्था के हुन्छ भन्दै सरकारप्रति प्रश्न गरेका छन् । विश्व हिन्दु महासंघ नेपालका शंकर खरालले यस्ता घटना निन्दनिय रहेको बताएका छन् ।