काठमाडाैं । पछिल्लो ३ दिनमा संघीय सरकारको राजस्व प्रणालीमा ५० अर्ब बढी राजस्व संकलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्षको अन्तिम तीन दिनमा ५० अर्ब बढी राजस्व संकलन भएको हो । बिहीबार मात्रै १६ अर्ब ५० करोड राजस्व दाखिला भएको छ । बुधबार २१ अर्ब १७ करोड र मंगलबार १२ अर्ब ४३ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्ष यीनै तीन दिनमा ६४ अर्ब रूपैयाँ राजस्व उठेको थियो । वर्षको अन्तिममा गर्त वर्षको भन्दा कम राजस्व संकलन भएपछि सरकारले उठाउने समग्र राजस्व वृद्धिदर ५ प्रतिशतसमा सीमित भएको छ । यो राजस्व वृद्धिदर औसतभन्दा निकै कम देखिएको हाे ।









प्रतिक्रिया दिनुहोस्