Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अर्थ र कानूनसहित ४ समितिको बैठक आज बस्दै


13
Shares

काठमाडाैं । संघीय संसद अन्तर्गत रहेका विभिन्न ४ वटा समितिको बैठक साेमबार बस्दैछ।

अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएकाे हाे। अर्थ समितिको बैठक साेमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएकाे छ ।

बैठकमा आर्थिक वर्ष २०८२–०८३ मा राष्ट्रिय योजना आयोगबाट भए गरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरुको कार्यप्रगतिको अवस्थाबारे राष्ट्रिय योजना आयोगसँग जानकारी लिने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता बसलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साेमबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएकाे हाे । बैठकमा मधेश प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

त्यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक साेमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएकाे हाे । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ माथि छलफल गर्ने कार्यक्रम रहेकाे छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सामबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएकाे हाे । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ सम्बन्धमा छलफल हुने भएकाे छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीलाई आमन्त्रण गरिएको सचिवालयले जनाएकाे हाे।