Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः सभापति थापा


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताउनुभयो ।

सभापति थापाले सडक निर्माणको क्रममा फुटपाथलाई प्राथमिकता नदिइएको तथा फुटपाथ भएपनि सबै प्रकारका क्षमाता भएका नागरिकलाई सहज रुपमा हिँड्न मिल्ने गरी नबनाइएको बताउनुभएकाे छ। सडक दुर्घटनालाई घटना भएपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना किन हुन्छ रु भन्ने दृष्टिकोणबाट अध्ययन हुनुपर्ने बताउनुभयो ।

सभापति थापाले सडक व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, पार्किङ तथा दुर्घटना न्युनिकरणका विषयमा सम्बन्धित सबै निकायलाई समन्वय गरेर काम गर्ने राष्ट्रियस्तरको अधिकारसम्पन्न संयन्त्र आवश्यक बनाउनेतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको दोहोर्‍याउनुभएकाे छ।