Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुल्याे


2.6k
Shares

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

बिहीबार दिउँसो आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेककाे प्रहरीले जानकारी दिएकाे छ ।

उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रत्यक्षदर्शी र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलमा रहेका प्रहरी टोलीले तत्कालै उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो ।

हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।