काठमाडाैं। नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।
मंगलबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ५५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्