काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार राति घरमा सुतिरहेकाे समयमा हात्तीको आक्रमणका कारण २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको मृत्यु भएको जनाएकाे हो । हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो ।
आगो प्रहरी र स्थानीयको संयुक्त सहयोगमा निभाइएको प्रहरी कार्यालय चितवनले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्