Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


असार २९ गतेदेखि राहदानी सेवा नयाँ प्रणालीबाट दिने


312
Shares

काठमाडाैं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गतेदेखि राहदानी सेवा नयाँ प्रणालीबाट दिने भएको छ ।

विभागले एक सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत पासपोर्ट जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको हो ।
साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला-इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने पनि विभागले जनाएको छ ।

सूचनामा जनाईए अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ ।

त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ । साथै यही असार २९ देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी विभागले गराएको छ ।