Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेपाल–चीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका लागि बैठक सुरु


0
Shares

काठमाडौं, असोज १२ । नेपाल–चीनचीच विद्युत् व्यापारसम्बन्धी सम्झौताका लागि शुक्रबारदेखि काठमाडौंमा बैठक सुरु भएको छ ।

नेपाल–चीन विद्युत् व्यापारसम्बन्धी भएको सम्झौता कार्यान्वयनका लागि नेपालमा बैठक भएको हो ।

नेपाल र चीनबीच भएको ऊर्जासम्बन्धी सहकार्यका कामहरु कसरी अघि बढाउने भन्ने विषयमा बैठककेन्द्रित भएको बताइएको छ ।

नेपालमा भएको पहिलो बैठकमा चिनियाँ लगानीको प्रक्रिया तथा चीनले ऊर्जा विकासमा अपनाएको रणनीतिक उपाय र नेपालले गर्नसक्ने क्रियाकलापकाबारेमा बैठककेन्द्रित रहेको जनाइएको छ ।

ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले बैठक नेपालले ऊर्जाको क्षेत्रमा अहिले गर्नुपर्ने काममा केन्द्रित रहेको र पछिल्ला दिनहरुमा अरु एजेन्डाअरु विस्तारै तय गरिँदै जाने बताए ।