Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


टेलिकमले ल्यायो नमस्ते रिकरिङ प्याक


1.7k
Shares

काठमाडौं ।
नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्सक्रिप्सन आधारित मोडल अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ ।

यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता नरहने जनाइएको छ । यो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ ।

टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । यस अन्तर्गत २ सय ९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ’ प्याक उपलब्ध हुनेछ ।

यसमा ३ सय मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डेटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसैगरी, ४ सय ९९ र ७ सय ९९ मा पनि थप विभिन्न सुविधासहितका प्याक ल्याएको छ । उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सो प्याकेज अन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।