काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिनुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्नुभएकाे छ । उहाँले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गर्नुभयो ।
कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटी देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएकाे छ। सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताउनुभयो ।
सरकारले करिब ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उहाँको तर्क छ । उहाँले माईतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यवद्धता समेत व्यक्त गर्नुभयो । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउनुभयाे ।
सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गर्नुभएकाे छ। उहाँले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सिमित हुन नहुनेमा जोड दिनुभयो ।
सांसद गुरुङले विद्यार्थीले पुनःयोग ९रिटोटलिङ० का लागि तिर्नुपर्ने चर्को र अव्यवहारिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग राख्नुभएकाे छ । विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने र परीक्षा राम्रो दिएका विद्यार्थीहरू समेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनुले परीक्षा प्रणाली र कोडिङ–डिकोडिङ प्रक्रियामा गम्भीर त्रुटी भएको संकेत गर्ने उहाँको दावी थियाे।









प्रतिक्रिया दिनुहोस्