Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

बाँकी १६ लाख बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य जारी

13
Shares

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रले जनाएकाे छ। कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको केन्द्रले जानकारी दिएकाे छ ।

देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्यांक संकलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ ।