काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
बुधबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल तथा देशका बाँकीमा आंशिक बादल लागेको हाे । लुम्बिनी, कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै, बुधबार दिउँसो भने कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू- भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा वर्षा हुने भएकाे हाे ।
सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, बुधबार राति भने देशभर साधारणतया बादल लाग्नेछ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली तथा पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्