Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


अर्थ र सार्वजनिक लेखा समितिको बैठक आज बस्दै


13
Shares

काठमाडाैं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुई वटा समितिको बैठक बुधबार बस्दैछ ।

सि‌हदरबारस्थित समितिकाे हलमा बुधबार अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बुधबार बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएकाे छ। बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने भएकाे संसद सचिवालयले जनाएकाे हाे।

त्यसैगरी, सार्वजनिक लेख समितिको बैठक पनि बुधबार बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएकाे हाे ।