Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


संघीय संसद अन्तर्गत आज २ संसदीय समितिको बैठक बस्दै


13
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत बुधबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएकाे छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन र समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची रहेकाे हाे ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुने सचिवालयले जनाएकाे छ।