Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


‘प्रतिस्पर्धाबाटमात्र विकासले गति लिन सक्ने’


0
Shares

काठमाडौं, असोज ११ । आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रतिस्पर्धामा आधारित हुने भएकाले महत्वपूर्ण हुने बताइएको छ ।

कोरियन दूतावास र दक्षिण कोरियामा बसेर काम गरेर आइ नेपालमा उद्यम गरिरहेकाहरुको संस्था ‘अंकुर’ले बिहीबार ललितपुरमा संयुक्तरुपमा गरेको औद्योगिक प्रवर्धनसम्बन्धी छलफल कार्यक्रममा प्रतिस्पर्धात्मक विकासमा जोड दिनुपर्ने बताइएको हो ।

कोरियाको विकासको गतिलाई आधार मान्दै प्रतिस्पर्धाबाटमात्र विकासले गति लिन सक्नेतर्फ विज्ञहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा कोरियाबाट फर्केका नेपालीहरुले गरेको उद्यमशीलताबाट प्रेरणा लिएर पनि उद्यमशीलता विकास गर्नसकिने र यसका लागि राज्यले पनि आवश्यक सहुलियत एवं सुविधा दिन आवश्यक रहेकामा जोड दिइएको थियो ।