काठमाडाैं । सरकारले देशैभर नयाँ सार्वजनिक गाडीको दर्ता प्रक्रियामा रोक लगाएको छ ।
सरकारले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै नयाँ गाडी दर्तामा रोक लगाएको हो । यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीयसहित सार्वजनिक गाडीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको छ।
इन्धनको बढ्दो मूल्य र गाडीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाडीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको हाे । सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ ।
सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको हाे ।










प्रतिक्रिया दिनुहोस्