काठमाडौं, असोज ११ । टिकट बुकिङ खुलेसँगै दसैंमा घर जान यात्रीहरुले टिकट बुकिङ थालेका छन् ।
यातायात क्षेत्रमा नयाँ कम्पनीहरु विस्तार भएपछि टिकट लिन यसपटक केही सहज भएको बताइएको छ ।
यसपटक काठमाडौंमा नै धेरै स्थानहरुबाट टिकट पाउनसक्ने भएपछि बसपार्कमा यात्रीहरुको चाप केही कम देखिएको हो ।
यात्रीहरुले भनेकै समयमा टिकट पाउनसक्ने वातावरण तयार गरेको व्यवसायी बताउँछन् ।
विभिन्न कम्पनी र प्रालिका बसको संख्या बढेपछि यात्रीहरुलाई बसपार्कमैमात्र आइ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको व्यवसायीहरुको दाबी छ ।
कतिपय स्थानहरुमा भने केही समय लाइन बस्नुपरेको र भनेको स्थानको टिकट पनि नपाएको गुनासो पनि केही यात्रीको रह्यो ।
कम्पनीहरुले असोज ५ गतेदेखि नै बुकिङ खुला गरेर टिकट बिक्री गर्दै आएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने ९ गतेबाटमात्रै अग्रिम टिकट बुकिङ खुला गरेको हो ।









प्रतिक्रिया दिनुहोस्