Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयाे


0
Shares

काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा आइतबार राति दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे । रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६प ३६२७ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ।

दुर्घटनामा परी मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा गम्भीर घाइते भएका थिए । त्यसैगरी मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह राना पनि गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनाको उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ