काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९ सय ३४ विदेशी पर्यटक नेपालमा भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याक अनुसार गत वर्षको अप्रिलमा भने एक लाख १६ हजार ४ सय ९० पर्यटक नेपालमा भित्रिएका थिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण यस वर्ष पर्यटक आगमनमा कमी आएको हो ।
बोर्डले दक्षिण एसिया (सार्क) क्षेत्र बाट सबै भन्दा बढी ३३ हजार ४ सय ३२ पर्यटक भित्रिएकाे जनाएकाे छ। नेपाल आउने पर्यटकमा सैब भन्दा बढी भारतबाट १५ हजार १ सय ९६ र दोस्रोमा चीनबाट ११ हजार ७ सय २२ पर्यटक रहेका हुन् ।










प्रतिक्रिया दिनुहोस्