Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सुन्तलाको रूखबाट लडेर एक वृद्धको निधन


143
Shares

काठमाडौं। बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रोकाया रुखबाट खसेको उहाँले बताउनुभयो ।