Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


३ दिनदेखि अवरूद्ध भएकाे विपी राजमार्ग अझै सञ्चालनमा आउन सकेन

बाढीले पटक-पटक डाइभर्सन बगाउँदा समस्या

637
Shares

काठमाडाैं । तीन दिनदेखि अवरुद्ध वीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

यहि वैशाख १२ गते शनिबार रोशी खोलामा आएको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको हो । आइतबार दिनभरीमा करिब बनिसकेको डाइभर्सन साँझको पानीले फेरी बिगारेपछि बाटो खुलाउन ढिलाई भएको हो ।

राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनिसकेको डाइभर्सन पुनः बगाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारले रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भए पनि आइतबार साँझको पानीले बिगारेको जनाएकाे हाे।

साेमबार पनि बिहानैदेखि डाइभर्सन बनाउने काम भईरहेको छ । शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्तीमा डाइभर्सन बगाएको थियो ।

सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको प्रहरीले बताएकाे छ।