Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


काठमाडाैंसहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना प्रहरीकाे नियन्त्रणमा


429
Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका– १६ बालाजु चोकबाट ६ सय ४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३ सय २० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद १३ हजारसहित सोही नगरपालिका–९ का मनिष श्रेष्ठ, सोही नगरपालिका–९ चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार र सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १ सय ८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो ।

त्यसैगरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट दुई, सोही उपमहानगर– ७ बाट एक, इटहरी उपमहानगरपालिका–६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका–५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद आठ हजार तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सोमबार र मंगलबार पक्राउ गरिएकाे प्रहरीले बताएकाे हाे ।